व्यवसायी दुर्गा प्रसाईंलाई थप ६५ करोड ऋण दिन जिल्ला अदालत झापाले आदेश दिएको छ । न्यायाधीश लोकबहादुर हमालको एकल इजलासले पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिसँग सम्झौता गरेर पनि ऋण नदिएको भन्दै सम्झौताअनुसारको ऋण दिन आदेश दिएको हो ।

उनले कुमारी बैंकसँग २०७५ चैत २५ गते ऋण सम्झौता गरेका थिए । त्यस्तै, प्रभु, ग्लोबल आइएमई र गूडविल फाइनान्ससँग पनि उनले ऋण सम्झौता गरेका थिए । साथै, २०८० मा थप ऋण दिइने सैद्धान्तिक सहमति पनि भएको थियो । तर, बैंकसँग ऋण सम्झौता गरे बेला देखि नै प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमा चलाएर चर्चामा आउन थाले ।

अभियानमार्फत उनले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर टर्चर खेपिरहेका मानिसहरूको लागि आवाज उठाउन थाले । सोही क्रममा उनले बैंकिङ क्षेत्र र बैंकका कर्मचारीहरूविरुद्ध कडा अभिव्यक्तिहरू दिँदै विवादास्पद बन्दै गए । तत्कालीन समयमा उनको अभियानको असर बैंकिङ क्षेत्रमा देखिएको थियो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार, कालो मोसो दल्ने र कुटपिट गर्ने जस्ता घटनाहरू बाहिरिन थाले ।

गरिब मानिसहरूको ऋण मिनाहा गरिदिनुपर्छ भन्दै उनले सडक प्रदर्शनमा सयौं मानिस पनि उतारेका थिए । उनको यस्ता गतिविधि बढेसँगै ऋण सम्झौता गरेका बैंक तथा वित्तीय संस्थाहरू पनि उनलाई ऋण दिनबाट पछि हटे । जसपश्चात् दुर्गा प्रसाईं र निराजन प्रसाईंले ऋण सम्झौता गरेर पनि नदिएका बैंक तथा वित्तीय संस्थालाई विपक्षी पारेर अदालतमा मुद्दा दायर गरेका थिए ।

त्यसको फैसला सार्वजनिक गर्दै पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न र चालु पुँजी कर्जाबापत सम्झौता गरिएको ऋण उपलब्ध गराउन भनिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय