काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनको मन्त्रीमण्डल आजै विस्तार हुने भएको छ । उनको मन्त्रीमण्डल १५ सदस्यीय हुने भएको छ ।
बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।



