महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ मनाइँदै छ । मिथिला क्षेत्रका मठ, मन्दिर र देवालयहरूमा विशेष धार्मिक कार्यक्रम प्रारम्भ भएका छन् ।
विशेषगरी रामानुज सम्प्रदायका मठमन्दिरमा निरन्तर रामनाम सङ्कीर्तन तथा रामलीला मञ्चन भएका भने गाउँसहरमा रामभजन गुञ्जिरहेका छन् ।





