कञ्चनपुरमा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका– ५ बनगाउँस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूके ०६ बीएन २८२९ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने साइकलयात्री ६५ वर्षीय मोहन शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार र भारतको रुद्रपुर बस्ने ४० वर्षीय कार चालक राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




