सिरहा । सिरहा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।
सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयमा जारी मतगणना अनुसार रास्वपाले १ हजार २७७ मत प्राप्त गर्दै अग्रता लिएको छ । अर्नमा गाउँपालिका वडा नम्बर १ र २ को मतगणना हुँदा रास्वपाका डा शम्भू यादवले ४४४ मतले अग्रता लिएको छ ।
मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ८३३, नेकपा एमालेका लीलानाथ श्रेष्ठले ७७८ मत नेपाली कांग्रेसका डा सुभाष चन्द्र यादवले ४३६ जनता समाजवादी पार्टीका अशेश्वर यादवले ६८६ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ अन्तर्गत रहेको ४१ वडामा सिरहा क्षेत्र नम्बर ३ मा ४२ हजार ६७२ महिला र ३३ हजार ७५८ पुरुष गरि ७६ हजार ७५८ मत खसेको छ । यस क्षेत्रमा मुख्य राजनीतिक दल र स्वतन्त्र गरि ४१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् ।



