रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नं ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।
पछिल्लो ६५ सय ४१ मतको गणना सकिँदा रास्वपाका पौडेलले ३३ सय ८९ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् ।

नेपाली कांग्रेसका उम्मेद्वार देवप्रसाद तिमल्सिनाले ११ सय ९३ मत प्राप्त गरेका छन् । पौडेल र तिमल्सिनाबीचको मतान्तर २१ सय ९६ पुगेको छ ।
यस्तै, नेकपाका रामकुमार भट्टराई ११ सय ७०, नेकपा एमालेका रामजी साहले २५४ मत मात्र प्राप्त गरेका छन् ।
जनमत पार्टीका उम्मेद्वार रामकल्याण राउत १७ मत, आम जनता पार्टीका ऋषिराज धमला १७ मत र जसपाका राजकुमार दास तत्मा १२ मत प्राप्त गरेका छन् ।
गणना भएको कुल ६५सय ४१ मतमध्ये ३११ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रास्वपाको अग्रताले रौतहट ४ मा चुनावी नतिजा रोचक मोडमा पुगेको छ ।



