
सिरहा । नेपाली सेनाको शेरगण चोहर्वाका प्रमुख सेनानी (कर्णेल) जितेन्द्र गौलीको विदाई गरिएको छ ।
कर्मचारी मिलन केन्द्र सिरहा, डिसीसीएमसी र जिल्ला प्रशासन कार्यालय सिरहाले संयुक्त रुपमा विदाई कार्यक्रमको आयोजना गरी प्रमुख सेनानी गौलीलाई चादर र गम्छा ओढाएर कदरपत्र, फूलका गुच्छा सहित विदाई गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमख प्रदीपराज कणेंलले वाढी, कोरोना महामारी लगायतमा निर्वाह गरेको भूमिका निम्ति कदर पत्र प्रदान गरेको छ । त्यस्तै जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुर, नेपाल प्रहरी प्रमुख एसपी) हिरा बहादुर पाण्डे लगायतले कर्णेल गौलीलाई मायाको चिनो सहित विदाई गरेको हो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवको अध्यक्षतामा भएको विदाई कार्यक्रममा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, प्रजिअ कणेंल, जिसस सभापति ठाकुर, समन्वय अधिकारी सुजित यादव लगायतले सिरहा जिल्लामा २७ महिना बसेर निर्वाह गरेको भूमिकाको प्रंससा गर्दै अगामी कार्यकाल पनि सफल हुने शुभकामना दिएका थिए । कर्णेल गौली सिरहाबाट तनहुँ जिल्ला सरुवा भएका छन् ।
