सिरहा । सिरहा र सप्तरीका विद्यालयका बालबालिकालाई समय अनुसार प्रविधिसँग जोड्न विदेशमा रहेका नेपालीहरुको संस्थाले कम्प्युटर लगायतका सामग्री सहयोग गरेको छ ।
दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सिरहाका दुई र सप्तरीका १ गरी ३ विद्यालयलाई ६० थान कम्प्युटर, ३ थान प्रिन्टर र ३ थान प्रोजेक्टर प्रदान गरेको छ ।
अन्माले सिरहाको जनता माध्यमिक विद्यालय सुखिपुर तथा जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयलाई २०/२० थान कम्प्युटर, १/१ थान प्रिन्टर र १/१ थान प्रोजेक्टर प्रदान गरेको छ ।
विद्यार्थीलाई सूचना प्रविधिमा पहुँच पु¥याई दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ३ वटै विद्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको छ । उक्त प्रविधि सहितको सामग्रीको हस्तान्तरण गरी कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।
अमेरिका बस्दै आएका तेह्रथुमका डा. ओम प्रसाद दहालले शुरु गरेको अन्माको सहकार्यमा विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीको सहयोगमा विद्यालयलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको अन्माका प्रतिनिधि कुन्दन शर्मा मिश्रले बताएका छन् ।
सिरहाको सुखिपुर नगरपालिका स्थित जनता माध्यमिक विद्यालय सुखिपुरमा आयोजित हस्तान्त्रण कार्यक्रममा आन्माका प्रतिनिधी मिश्रले कम्प्यूटर ल्याबको उद्घाटन गरेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनाथ मण्डलको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा आन्माका ईन्जिनियर सुरेन्द्रकुमार साह, नेत्रप्रसाद गुरागाईं, शिक्षा अधिकृत भरोसी यादव, प्रधानाध्यापक सत्य नारायण यादव लगायत शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजिवी, समाजसेवी, संचारकर्मीको सहभागिता रहेको थियो ।
त्यस्तै तिलाठी कोइलाडीस्थित विद्यालयमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधि मिश्रले संयुक्त रूपमा कम्प्युटर ल्याबको उद्घाटन गरेको छन् ।
कम्प्युटर ल्याबको स्थापनाले सूचना प्रविधिमा विद्यार्थीको पहुँच बढ्ने गाउँपालिका अध्यक्ष सिंहले बताएका छन् ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधि ईन्जिनियर सुरेन्द्र कुमार साह, नेत्रप्रसाद गुरागाईं, विद्यालयका प्रधानाध्यापक दीपेन्द्र झा सहितले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा आन्माका प्रतिनिधिलाई विद्यालयले सम्मान प्रदान गरेको छ ।
#सप्तरी#सिरहा
ताजा समाचार
लोकप्रिय
© 2024 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer