सिरहा । सिरहा नगरपालिकामा अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको करार रद्द गर्ने नगरपालिकाको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज उच्च अदालत जनकपुरको राजविराज इजलासमा सुनुवाइ हुने भएको छ।
नगरपालिकाले हालै अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको करार रद्द गर्ने निर्णय गरेपछि त्यसविरुद्ध प्रभावित कर्मचारीहरूले कानुनी उपचार खोज्दै उच्च अदालत जनकपुरमा रिट निवेदन दायर गरेका थिए।

रिट निवेदनमा नगरपालिकाको निर्णय कानुनविपरीत तथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको दाबी गरिएको छ। आजको सुनुवाइमा अदालतले नगरपालिकाको निर्णयबारे प्रारम्भिक आदेश दिन सक्ने अपेक्षा गरिएको छ।
उक्त विषयलाई लिएर नगरपालिकाभित्र तथा स्थानीय स्तरमा व्यापक चासो र बहस भइरहेको छ।



