सिरहा । सिरहाको लहानमा रहेको यातायात व्यवस्था कार्यालयले गत आर्थिक वर्ष २०७७/०७८ मा ४३ करोड ७८ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रर्दूषण, कम्पनी रजिष्ट्रेशन लगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट ४३ करोड ७८ लाख ७३ हजार एक सय ५८ रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय लहान सिरहाका प्रमुख मिन भट्टराईले जानकारी दिएका छन् ।
४३ करोड ७८ लाख ७३ हजार एक सय ५८ रुपैया राजश्व संकलन भएको मध्ये एक करोड ७० लाख ३३ हजार ५ सय ७४ रुपैया संघ सरकारको खातामा जम्मा भएको छ । यस्तै ४२ करोड ८ लाख ३९ हजार ५ सय ८४ रुपैयाँ प्रदेश सरकारको खातामा जम्मा गरिएको यातायात व्यवस्था कार्यालय लहानका प्रमुख भट्टराईले बताए ।