काठमाडौँ। भारतले ऊर्जा परियोजनाहरूका लागि भुटानलाई ४० अर्ब रुपैयाँ ऋण दिने भएको छ। यो ऋण सहुलियत दरमा प्रदान गरिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणको क्रममा दुई देशबीच धेरै सम्झौतामा हस्ताक्षर भएको थियो। साथै सहयोगसम्बन्धी धेरै घोषणा गरिएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले एक हजार २० मेगावाटको पुनात्सांगछु-पहिलो जलविद्युत् परियोजनाको उद्घाटन गरे।

दुवै देशले यो जलविद्युत् परियोजनाको मुख्य बाँधको काम पुनः सुरु गर्न पनि सहमति जनाए। यो दुई देशले संयुक्त रूपमा विकास गरेको सबैभन्दा ठुलो जलविद्युत् परियोजना हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नवीकरणीय ऊर्जा, स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोगका लागि भारत र भुटानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। यसबाहेक वाराणसीमा मन्दिर/मठ र अतिथि गृह निर्माणका लागि भुटानलाई जग्गा दिने घोषणा पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय