काठमाडौं । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ ।

सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो । तर, ती ड्रोन कसले पठाएको थियो भन्नेबारे खुलाइएको छैन ।अमेरिका र इजराइलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानमा अमेरिका र इजरायलले भीषण हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अनेरिकी बेसमा आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय