सिरहा । नेकपा माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले पार्टी विधि सम्मत नचलेको र लोकतान्त्रिक चरित्र नदेखाएको भन्दै पार्टीवाट विद्रोहको घोषणा गर्दै परित्याग गरेका छन् ।

डेढ वर्षअघि विद्यार्थी राजनीतिबाट राजनीतिमा लागेका सिरहाका अर्नामा गाउँपालिका–५ कृष्णपुर घर भएका युवा नेता यादवले ‘होलटाईमर’ कार्यकर्ता भएपनि पार्टीले आफ्नो योगदान अनुसारको अवसर प्रदान नगरिएको प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । जीवनको उर्जावान युवा समय पार्टीको सिद्धान्त, विचारमा लगाएपनि चापलुसी गर्ने, झत्तिगान गर्नेलाई नै फाफेको भन्दै उनले पार्टी नेतृत्व वंशावाद, नातावाद, चापलुसवाद, दासवाद, अवसरवादमा सिमित भएर भ्रष्टाचारको दलदलमा फसेको दावी गरेका छन् ।

आफूले जेन–जी विद्रोहलाई सम्मान गर्दै भ्रष्टाचार विरुद्धको अभियानमा जुट्न पार्टीबाट विद्रोह गरी परित्याग गरेको भन्दै प्रगतिशील अभियान नेपालमार्फत नयाँ वैचारिक अभियानको यात्रामा अघि वढ्ने प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय