सिरहा । सिरहाको महिसोथामा एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ३२३ जनाले उपचार गराएका छन् ।

सिरहा नगरपालिका–८ महिसोथामा रहेको आधारभूत विद्यालयमा युवा समाज महिसोथाको आयोजना स्वास्थ्य शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा नशा सम्बन्धी रोग, हाडजोर्नी, स्त्री तथा प्रसुति सम्बन्धी, बाल रोग, दन्त रोग लगायतको निःशुल्क परिक्षण गरिएको सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादवले बताएका छन् ।

चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको उपचार गरेको उनले बताए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रितेश राज कर्ण, हाड जोर्नि नशा तथा मेरुदन्ड रोग विशेषज्ञ डा. सुरेन्द्र कुमार चौधरी, छाला यौनरोग तथा कुस्थरोग विशेषज्ञ डा. नबिन महतो, इन्टरनल मेडिसिन डा. विकाश चन्द्र साह, हाड जोर्नि तथा नशा रोग विशेषज्ञ डा. उमेश कुमार यादव, रेडियोलॉजी डा. बिनोद कुमार साह र दन्त रोग विशेषज्ञ डा. गणेश कुमार यादव उपचारमा सहभागी भएको बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा. सरोज यादवले बताएका छन् ।

निःशुल्क शिविरमा ३ सय २३ जनाले उपचार गएको वडा सदस्य इन्जिनियर यादवले बताए । निःशुल्क शिविरमा निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधी पनि वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!