#सिरहा

सिरहा । फलफूलका विरुवा वितरण गर्नु पर्यावरण र आम्दानीको स्रोत वढाउन मद्दत पुग्ने प्रदेश साँसद प्रमोद कुमार यादवले बताएका छन् ।
सिरहा नगरपालिका ११ भलुवाहीमा आयोजित निःशुल्क फलफूल विरुवा वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश साँसद यादवले फलफूल खेतीलाई वढाउन जोड दिनुपर्ने बताए । फलफूल खेतीमा वृद्धि गर्दै पर्यावरणलाई सन्तुलित राख्न भूमिका खेल्नु पर्ने भन्दै प्रदेश साँसद यादवले अब व्यवसायिकतामा जोड दिनुपर्ने बताएका छन् ।
न्यू भिजन यूवा क्लब तथा सामुदायिक विकास केन्द्र सिरहाको आयोजना र डिभिजन वन कार्यालय लहान सिरहाको विरुवा सहयोगमा निःशुल्क विरुवा वितरण काम सराह्रनीय रहेको भन्दै प्रदेश साँसद यादवले खेत बाँझो राख्नुभन्दा कम्तिमा फलफूलका विरुवा लगाएर आम्दानी वढाउन सकिने बताएका छन् ।
निःशुल्क फलफूल वितरण कार्यक्रममा सहभागी नेकपा एमालेका युवा नेता रविन्द्र साहले फलफूल विरुवा रोपेर आम्दानी वढाउन आग्रह गरेका छन् । निःशुल्क रुपमा दिईएको विरुवाको हेरचार फल फल्ने गरी गर्नुपर्ने भन्दै युवा नेता साहले फल दिन थालेपछि आय आर्जन गर्न सहयोग मिल्ने बताएका छन् ।

निःशुल्क फलफुल विरुवा वितरण

किसानलाई फलफुल प्राप्त गर्न र वातावरण सफा, स्वच्छ र हराभरा बनाउने उदेश्यले निःशुल्क फलफूल बिरुवा वितरण गरिएको न्यू भिजन यूवा क्लब तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष रुनकेश कामतीले बताएका छन् ।

किसानलाई फलफुल प्राप्त गर्न र वातावरण सफा, स्वच्छ र हराभरा बनाउने उदेश्यले निःशुल्क फलफूल बिरुवा वितरण गरिएको न्यू भिजन यूवा क्लब तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष रुनकेश कामतीले बताएका छन् । निःशुल्क फलफूलको विरुवा प्राप्त गरेपछि किसानहरुले आफ्नो खाली वारी, खेत तथा अन्य स्थानमा बिरुवा रोपेर वातावरण स्वच्छ र सफा बनाउनमा सहयोग मिल्ने उनले बताए ।
आयआर्जन गर्न मद्दत मिल्ने लक्ष्य अनुरुप आँप, लिची र कागती प्रजातिका २ हजार २ सय फलफूलको विरुवा वितरण गरिएको अध्यक्ष कामतीले बताएका छन् ।
निःशुल्क विरुवा वितरण कार्यक्रममा प्रदेश साँसद यादव, युवा नेता साह, मो. महवुव, महात्मा राम दयाल साहेब, सिरहा नगरपालिका ११ का वडासदस्य सत्य नारायण कामती, सिरहा नगरपालिका ११ का वडा कमिटि अध्यक्ष राम विलास साह, सिरहा नगरपालिका १२ का वडा कमिटी अध्यक्ष शिव नारायण यादव, मनोज कुमार मण्डल, श्री लाल ठाकुर, जिवन पंडित, नागेन्द्र साह, पूर्व गाविस सचिव महेन्द्र कामती, गणेशी महरा लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, किसान, विद्यार्थी, यूवा क्लबका सदस्यहरु, वडा कमिटीका सदस्यहरु, संचारकर्मीको सहभागिता रहेको क्लबका कोषाध्यक्ष अन्तशरण कामतीले बताए ।

माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन : ओली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!