अपन दैनिक
श्रावण २०, २०७६ मा प्रकाशित
२९ पटक पढिएको

सर्लाही/ नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रदेश २ विमलेन्द्र निधिका कारण धराशायी बनेको संकेत गरे ।निधिको नाम उनले त लिएनन्, त एउटै व्यक्तिलाई प्रदेश २ जिम्मा लगाउनु पार्टी हित विपरित रहेको बताए ।

काँग्रेस पार्टीले प्रदेश २ को जिम्मा उपाध्यक्ष निधिलाई दिइएको छ ।‘एकजनालाई सिंगो संगठनको जिम्मेवारी दिदा गत चुनावमा पार्टीले लज्जाष्पद पराजय भोग्नु प-यो,’ कोइरालाले भने, ‘प्रदेश २ काँग्रेसको गढ मानिएपनि गुट उपगुट सृजना गरी संगठनलाई कमजोर बनाइएको छ ।’

लालबन्दीमा आइतवार कार्यकर्ता भेलामा बोल्दै उनले प्रदेश २ मा सामुहिक नेतृत्वको भावनाबाट पार्टीलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए ।‘केन्द्रमा प्रदेश २ विमलेन्द्र निधिलाई जिम्मा लगाइएको भन्छन्’महामन्त्री कोइरालाले भने, कुनै एउटा व्यक्तिलाई जिम्मा लगाउने हो कि, हामी सामुहिक नेतृत्वमा जाने रुगंभीर भएर सोच्नुपर्ने स्थिति छ ।

‘हाम्रै गुटउपगुटले लज्जास्पद हार व्यहोरेका छौं ’ उनले भने, ‘अन्य पार्टी जुटेर हैन हाम्रै गुटउपगुट हारको मुख्य कारण हो ।’ गुटउपगुटमा सभापति लागेको उनको आशय थियो । उपसभापति निधि सभापति देउवाका निकटस्थ छन् । उनले आफ्नो ध्यान महाधिवेशनतर्फ मात्र केन्द्रीत भएको उल्लेख गर्दैे पार्टीलाई कसरी शक्तिशाली बनाउने भनेर अगाडी बढिरहेको बताए ।

वर्तमान सरकार संघीयता विरोधी भएको दाबी गर्दै महामन्त्री कोइरालाले सरकारले संघीयताको बोध नै नगरेको आरोप लगाए । ‘प्रदेश सरकारलाई ३० प्रतिशत मात्रै बजेट छुट्याईने गरिएको छ’, उनले भने, ‘विकेन्द्रीकरणको अन्तिम लक्ष्य संघीयता हो, संघीयतामा गईसकेपछि बजेटमा प्रदेश सरकारलाई प्राथमिकता दिनु पर्ने हो नि, तर वर्तमान सरकारले त्यो केही पनि गरेन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!