सिरहा । सिरहा जिल्लामा रहको प्रदेश मातहतको कार्यालयको खर्च ७७ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित रकमको ७५.१ प्रतिशत खर्च भएको प्रदेश लेखा ईकाइ कार्यालय लहान सिरहाले जनाएको छ ।

सिरहा जिल्लामा प्रदेश मातहत रहेको १९ कार्यालयले चालू आर्थिक वर्षमा विनियोजन गरेको ३ अर्ब ८० करोड ९७ लाख ३५ हजार ४६६ रुपैयाँमध्ये २ अर्ब ८६ करोड ७ लाख ९२ हजार ४१६ रुपैयाँ ५० पैसा मात्र खर्च गरेको छ । चालू खर्च १ अर्ब १० करोड र पूँजिगत खर्च १ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको प्रदेश लेखा ईकाइ कार्यालय लहानका प्रमुख परमानन्द मण्डलले बताए । पूँजिगत खर्चतर्फ पूर्वाधार विकास कार्यालय सिरहाले पूँजिगत तर्फ ८६ करोडमध्ये ६८ करोड रुपैयाँ खर्च गरेको छ । प्रादेशिक अस्पताल सिरहाले पूँजिगत तर्फ २० करोडमध्ये ११ करोड खर्च गरेको छ । प्रादेशिक आयुर्वेद कार्यालयले ३२ लाखमध्ये १ लाख ९९ हजार, यातायात व्यवस्था कार्यालयले ९० लाखमध्ये ७३ लाख, स्वास्थ्य कार्यालय सिरहाले २० करोडमध्ये ११ करोड, प्रादेशिक अस्पताल लहानले २१ करोडमध्ये ११ करोड, लहान प्राविधिक शिक्षालयले १ करोडमध्ये ७ लाख ६८ हजार खर्च गरेको छ ।

यस्तै भू–जलाधार कार्यालयले १९ करोडमध्ये १७ करोड, डिभिजन वन कार्यालयले १० करोडमध्ये ८ करोड, भूमिगत जलस्रोत तथा सिंचार्य डिभिजनले १९ करोडमध्ये १४ करोड, जलस्रोत तथा सिचाईले २१ करोडमध्ये १४ करोड, मत्यस विकास केन्द्रले १ करोडमध्ये ६१ लाख, भेटेनरी अस्पतालले १ करोडमध्ये ६२ लाख, वाली संरक्षण प्रयोगशालाले १ करोडमध्ये ६७ लाख, घरेलु तथा साना उद्योग कार्यालयले २४ लाखमध्ये १४ लाख, पर्यटन विकास कार्यालयले ४९ करोडमध्ये ३४ करोड रुपैयाँ खर्च गरेको छ ।

सवैभन्दा वढी पर्यटन विकास कार्यालय र पूर्वाधार विकास कार्यालयले बजेट पाएपनि योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा विनियोजित रकम खर्च हुन नसकेको ईकाइ प्रमुख मण्डलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय