पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मालम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्। तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन्।

दुध अपर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।

सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।

शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा, शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।

दुध अर्पण गर्दा शिव भक्ति पनि बढ्ने, सो भक्तिबाट प्राप्त हुने करुणाबाट आत्मोन्नतिको साथमा सम्भावित दुष्परिणामको पनि भय नहुने हुँदा यो महिनामा शिवाराधना गर्दा शिवलाई अत्यधिक मात्रामा दुध अर्पण गरिन्छ।

यसअघि  जनता समाजवादी पार्टी जसपाका नेता डा.बाबुराम भट्टराईले एक ट्विट सेयर गरेका थिए । सो ट्विटमा गंगा नदीमा दुध अपर्ण गरिरहेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो रहेको थियो । फोटो माथि ‘आस्था खतरनाक चिज हो यसले तपाईँलाई दुध फालेर पिसाब पीउन भन्छ’ लेखिएको थियो ।

नेता भट्टराईको सोही ट्विटलाई लिएर नेपाल मात्रै नभई भारतमा समेत हिन्दु आस्थाका व्यक्तिहरुले चर्को आलोचना गरेका थिए। दुध अर्पण गर्नुका पछाडि धार्मिक आस्थासँगै वैज्ञानिक कारणसमेत रहेको नेपाल फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ । नेता भट्टराईले झण्डै ८३ प्रतिशत हिन्दु नेपालीमाथि ठेस पुर्याएको फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ ।

ठाकुरका अनुसार अब जनकपुरमा पनि दूध चढाउने योजना छ। ‘सम्भवतः अर्को सोमबार प्रदेश २ का प्रदेश प्रमुखको उपस्थितिमा गंगासागरमा दूध अर्पण गर्नेछौं’, ठाकुरले भने। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!