
काठमाडौं । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ ।
नेपाली कांग्रेस स्रोतका अनुसार गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी छ ।

त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ ।
दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ ।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।