सिरहा । सिरहा नगरपालिकाको योजनाको टेण्डरमा मिलोमतो भएको छ । बोलपत्र टेण्डर प्रकृयामा मिलोमतो गरीएको छ ।

सिरहा नगरपालिकाले पूर्वाधार निर्माणसँग जोडेर प्रकाशित गरेको टेण्डरमा विना प्रतिस्पर्धा मिलोमतो गरिएको छ । चार योजनाको निम्ति २५ निर्माण व्यवसायीले बोलपत्र खरिद गरेपनि १२ वटा निर्माण कम्पनीले मिलोमतोमा टेण्डर भरेको छ । सिरहा नगरपालिकाको कर्मचारीको मिलोमतोमा निर्माण व्यवसायीहरुले टेण्डर प्रकृयालाई स्वस्थ्य प्रतिस्पर्धा विपरीत हुन दर्ता गराएको हो ।

सिरहा नगरपालिकाले प्रकाशित गरेको सूचनामा बीस बीस लाखको योजना अन्र्तगत जरुवा टोल हनुमान मन्दिरदेखि दक्षिण आधारभूत स्कूलसम्मको सडक मर्मत कार्य, हुलाकी सडकको भजनाहाको कुशे गुरमैताको घरसम्मको सडक मर्मत कार्य, सिरहा चोहर्वा खण्डको सारस्वरसम्मको सडक मर्मत कार्य र सुखिया पोखरीदेखि आधारभूत विद्यालयसम्मको सडक मर्मत कार्य गरी चार वटा योजनामा मिलोमतोमा टेण्डर दर्ता भएको छ ।

२५ जना निर्माण व्यवसायीले टेण्डरको बोलपत्र खरिद गरेपनि १२ वटाले मात्र दर्ता गराएर अनियमितता गरेको छ । मिलोमतो गरेका कारणले टेण्डर प्रकृयामा आबद्ध नभएका निर्माण व्यवसायीहरुले १५ हजार देखि २० हजारसम्मको दरले रकम बाँडफाँड गरेको छ । स्रोतका अनुसार टेण्डर मिलाउन सिरहा नगरपालिकाका कर्मचारीले आर्थिक चलखेल गरेर सूचनामा निर्धारित समयमा टेण्डर नखोली निर्माण व्यवसायीहरु विच रकम बाँडफाँड भएपछि मात्र टेण्डर खोलेको एक नगरपालिकाका कर्मचारीले बताए ।

यस विषयमा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन् ।

एक निर्माण व्यवसायीले सामाचार प्रकाशन नगरीदिनको लागि आर्थिक प्रलोभनको प्रस्ताव समेत दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय