सिरहामा नगरपालिकाको सहयोगमा नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । सलहेश युवा कल्वले अगामी माघ ८ गतेदेखि सिरहामा सो प्रतियोगिताको आयोजना गर्ने गरी तयारी थालिएको छ । युवाको सम्मान, नगरको पहिचान, स्थानिय स्तरमा खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मूल नाराका साथ सिरहा नगरपालिकाको आयोजनामा नगर स्तरीय फुटबल प्रतियोगिता हुन गईरहेको छ ।

नगरस्तरीय फुटबल प्रतियोगिताको निम्ति सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिताको संयोजन गरिरहेको सलहेश युवा कल्वले जनाएको छ । सिरहा नगरपालिकाले नगरक्षेत्रका युवाहरुलाई समेट्दै फुटबल प्रतियोगिता गराउने र खेलाडी उत्पादन गर्ने लक्ष्य अनुसार प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको लागि सिरहा नगरपालिका क्षेत्रको २२ वडामध्ये १७ वटा वडाले आफ्नो सहभागिता जनाउने भएको छ ।

वडा नम्बर २, ५, ६, १६ र २१ बाहेक १७ वटा वडाबाट खेलाडीहरु छनौट गरी टिम बनाएर प्रतियोगितामा सहभागी हुन लागेको सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । सहभागी १७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन माघ ८ गते हुने भएको छ । उद्घाटन खेलमा वडा नम्बर ७ र वडा नम्बर १४ वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको टाईसिट पनि सार्वजनिक गरिएको अध्यक्ष यादवले बताएका छन् ।

सिरहा सदरमुकाम स्थित सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको फाईनल खेल माघ ८ मा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने टोलीलाई नगद ५० हजार, मेडल, प्रमाणपत्र, ट्रफी प्रदान गरिने छ । यस्तै उपविजेता हुने टोलीलाई नगद २५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!