काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामाथि विजयी हासिल गरेको छ।

टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

अमेरिकाका लागि शायान जहानगिरले अविजित ६० रन बनाए भने आन्द्रेज गोउसले ३० तथा मिलिंद कुमारले २२ रन बनाएका थिए।

त्यस्तै नेपालका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने गुलशन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय