काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । 

आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिनुभएको हो । निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । 

साथै ठाकुरले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्नुभएको छ । गएको साउन ११ गते आयोगले यादव समूहलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको थियो । 

ठाकुरले आयोगको प्रक्रिया रोक्न माग गर्दै अघिल्लो पटक दिएको रिटको पेसी आज शुक्रवारका लागि तोकिएको थियो । अब दुई वटै रिटमा एक साथ सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!