हुलाकी राजमार्ग खण्डको पवित्र कमला नदीमा नयाँ पक्की पुलको माग गर्दै इन्जिनियर नेतृत्वको टोलीले आमरन अनसनमा बस्ने भएको छ ।
सिरहा र धनुषा जोड्न कमला नदीमा नयाँ पक्की पुल बनाउन माग गर्दै एक साता अघि मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाउँदै आमरन अनसनको चेतावनी दिएका थिए । इन्जिनियर प्रविण यादव नेतृत्वमा इन्जिनियर, जनप्रतिनिधिहरुले मुख्यमन्त्री कार्यालय अगाडी आजदेखि आमरन अनसन बस्ने भएको छ ।

सो अनसनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादव, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, युवा अभियन्ता मनिष कुमार यादव, इन्जिनियर शैलेश गोइत, सिरहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य इन्जिनियर रुपेश कुमार यादव र इन्जिनियर शिवशंकर यादव आमरन अनसनमा बस्ने आन्दोलनको नेतृत्व गर्दै आईरहेका इन्जिनियर प्रविण यादवले बताए ।
१३ वर्ष अघिदेखि निर्माणधीन भएर भाँसिएको कमला नदीको पुल पुर्ननिर्माण भएपनि जीउज्यानको जोखिम हुने भएकोले नयाँ पुलको माग गर्दै आमरन अनसन बस्न लागिएको इन्जिनियर यादवले बताए । सरोकारवाला पक्षको सहितको सहभागितामा सिरहाबाट अनसनमा बस्नेहरु जनकपुरधाम प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । उनीहरुले जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय अगाडी औपचारिक रुपमा दबाब कार्यक्रमको सुरुवात गर्दै अनसनमा बस्ने तयारी गरिएको छ ।
यसका निम्ति सिरहा र धनुषाका गाउँगाउँमा व्यापक रुपमा प्रचारप्रसार गरिएको छ । प्रदेशसँगै केन्द्र सरकारलाई कमला पुल निर्माणको निम्ति बजेटको सुनिश्चितता गर्न आमरन अनसनमा बस्ने लागिएको अनसनमा सहभागी हुन लागेका सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साहले बताए । आफूहरुको मुख्य माग नै कमला नदीमा पक्की पुल नयाँ बन्नु पर्ने भएको बताए । १३ वर्षदेखि निर्माणधीन भाँसिएको पुललाई पुर्ननिर्माण गर्दै नयाँ पुल बनाउनु पर्ने र त्यसको निम्ति बजेटको ग्यारेन्टी गर्नुपर्ने माग रहेको उनले बताए ।
यस अघिको विरोध प्रर्दशनमा सिरहाबाट हुलाकी राजमार्ग संघर्ष समितिका संरक्षक रामरीझन यादव, पूर्वमन्त्री रामचन्द्र झा, सिरहा क्षेत्र नम्बर ३(ख) प्रदेश सांसद प्रमोद कुमार यादव लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।



