कमला पुल

सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निर्माणको गराउन ईन्जिनियरहरुको आन्दोलनलाई नेपाल ईन्जिनियर्स एशोसिएसन केन्द्रिय समितिले ऐक्यबद्धता जनाएका छन् ।

एशोसिएसनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कमला पुल निर्माण संघर्ष समितिको आन्दोलन प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सो आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । महासचिव ईन्जिनियर रवि भुषण झा र अध्यक्ष इ.डा. हरि बहादुर दर्लामीको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा आन्दोलित ईन्जिनियरहरुको मागलाई तत्काल सम्बोधन गर्न माग समेत गरेका छन् ।

संघर्ष समितिको मागलाई तत्काल सम्बोधन गरी पुल निर्माणको कार्यलाई गति प्रदान गर्न मधेश प्रदेश सरकार, नेपाल सरकार तथा सरोकारवाला निकाय समक्ष एशोसिएसन जोडदार माग गर्दछ विज्ञप्तिमा उल्लेछ छ । ‘विगत १३ वर्षदेखि निर्माणाधिन पुल नबन्दा मधेशका लाखौं नागरिकहरुलाई लामो समयसम्म दुःख पोग्नु परिरहेको छ । यो यथार्थलाई राज्यको तर्फबाट बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ, विज्ञप्तिमा लेखिएको छ, पटक पटक म्याद थप गर्दा पनि १० वर्ष सम्म पुलको निर्माण कार्य सम्पन्न भएन ।’

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय