म्याग्दी (दरबाङ), साउन ३० गते । म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जीप भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेनी अस्पताल ल्याइएको थियो । करिब १ बजे उहाँको बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उहाँको अनुहार र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।

रोकेर राखिएको जीप पछाडीपट्टी चिप्लिएर गुडेर सडकदेखि करिब पचास मिटर तल खसेको थियो । सोही दुर्घटनामा सामान्य घाइते हुनुभएका सोही वडाका ४१ वर्षीय कुमार पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ  भने सोही वडाका चालक ३६ वर्षीय केशव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सोही वडाका ७१ वर्षीय विरबहादुर पुन सामान्य घाइते हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय