हुलाकी राजमार्गलाई सिरहा–धनुषा जोड्ने गरी पवित्र कमला नदीमा विगत १३ वर्षदेखि निर्माणधीन पुल पूरा गराउने उदेश्यल सुरु भएको आन्दोलनमा विभिन्न राजनीतिक दलले समर्थन गरेको छ ।

कमला नदीमा पक्की पुल बन्न नसक्दा हुलाकी राजमार्गबाट आउजाउ गर्न सकिएको छैन् भने पूर्वपश्चिम राजमार्ग र भारतको जयनगर भएर यात्रा गर्दा जोखिम उठाउनु परेको छ । त्यही भएर पटक पटक कमला नदीको पुल निर्माण गराउन विभिन्न समूहले दबाब दिदै गर्दापनि सरकारले वास्ता गरेको छैन् । पुल अलपत्र हुँदा उठाउनु परेको जोखिमलाई ध्यानमा राख्दै सिरहाका इन्जिनियरहरुले आन्दोलनलाई अगुवाई गरेको छ । इन्जिनियरहरुको नेतृत्वमा गठन भएको सघर्ष समितिले चरणबद्ध कार्यक्रमको घोषणा गरेको छ ।

यही आन्दोलनमा सिरहाका विभिन्न राजनीतिक दलले एक्यबद्धता जनाउँदै सहभागी हुने प्रतिबद्धता जनाएको छ । सात राजनीतिक दलले विज्ञप्ती जारी गर्दै आन्दोलनमा एक्यद्धता र सहभागी हुने जनाएको छ । जनमत, जसपा, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी, रास्वपा र नेकपा एसका पदाधिकारीहरुले आन्दोलनमा एक्यबद्धता जाहेर गरेको छ । विज्ञप्तीमा विगत १३ वर्ष देखि सहेर बसेको सिरहा र धनुषाको जनतालाई जगाउन तथा कमला पुल निर्माणको लागि दवाब सिर्जना गर्न सिरहाको युवाहरुले बनाएको कमला पुल निर्माण संघर्ष समितिले घोषणा गरेको चरणबद्ध दबाबका कार्यक्रममा हाम्रो पार्टीले पूर्ण रुपले साथ र सहयोग गर्ने प्रतिबंधद्धा रहेको उल्लेख छ । आन्दोलनमा पार्टीको सदस्य, कार्यकर्ता र आम जनतालाई संघर्षमा स्वस्फुर्त सहभागी हुन अपिल गरेको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रममा आज(विहीवार) दबाब जुलस प्रर्दशन गर्ने र आगामी आइतबार साउन २७ मा सिरहा नगरपालिका–६ बसबिट्टा चौकदेखि जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयसम्म मोटरसाईकल जुलुस प्रर्दशन गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

यस अघि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए । मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!