सिरहा । सिरहा सरदमुकामको मुख्य सडकको अवस्था अझैं सुधार भएको छैन् । जिल्लाको मुख्य प्रशासनिक केन्द्रका रुपमा रहेको सिरहा सदरमुकामको मुख्य सडकको अवस्था दयनीय छ ।

सफा, स्वच्छ बनाएर सदरमुकामको मुख्य सडकको सौन्दर्यीकरण गर्नुपर्ने ठाउँमा उल्टै ज्यानको जोखिम थपिएको छ । सरोकारवाला निकायको मौनताले गर्दा सिरहा सदरमुकामको मुख्य र सहायक सडकहरुमा निर्माण सामग्रीसँगै व्यवसायिक प्रयोजनका समान राखिदा आवतजावत जोखिमपूर्ण बनेको छ । सदरमुकामको मुख्य सडक विस्तार थालेको एक वर्ष वढी भईसक्दा पनि निर्माण सामग्रीले सडक अबद्ध हुँदै आईरहेको छ ।

मुख्य सडकमा भवन निर्माणको नाउँमा सडकमै निर्माण सामग्री भण्डार गरिदा सवारी आवतजावतमा कठिनाई भईरहेको छ । त्यससँगै दुर्घटनाको पनि जोखिम उच्च रहेको छ । एकातिर निर्माण सामग्री मुख्य सडकमा राखिएको छ । त्यस्तै दुई नम्बर सडकमा निर्माण सामग्रीसँगै गाईभैंसी पनि सडकमै बाँँध्ने गर्दा दुर्घटनाका जोखिम उच्च रहेको छ ।

यता व्यापारीहरुले मुख्य सडकमा ग्याँसका सिलिण्डर लगायतका विभिन्न सामग्री सडकमै राख्दै आएको छ । यसरी मुख्य सडकमा व्यवसायिक प्रयोजनका निम्ति राख्ने गरेको सामग्री, घर निर्माणका निम्ति राखिएको निर्माण सामग्री र सडक क्षेत्रमै गाईगोरु, भैंसी बाध्ने गर्दा नागरिकको जीउज्यानको जोखिम बढेको छ । लामो समयदेखि त्यसरी समानहरु राखिदा सिरहा नगरपालिका र ट्राफिक प्रहरीले नदेखे झैं गरेको स्थानीयको गुनासो रहेको छ ।

 

सिरहा नगरपालिकाले सदरमुकामको मुख्य सडकसँगै २ नम्बर सडक र पक्की ढलान, कालोपत्रे सडकहरुलाई सुरक्षित र टिकाउ राख्नको निम्ति पनि सडक सुरक्षामा ध्यान दिन जरुरी छ । कतै सडकमा पानी बगाउने काम पनि भईरहेकोले त्यसले भोलीका दिनमा खाल्डाखुल्डी बनेर जोखिम बढ्ने भएकोले निगरानी जरुरी भएको स्थानीय नागरिक अगुवा शम्भु साहले बताएकाछन् । सिरहा नगरपालिकाले नगरक्षेत्रको सडकलाई सुरक्षित र व्यवस्थित तथा टिकाउ बनाउन निगरानी, दण्ड जरिवानामा जोड दिनुपर्ने स्थानीय युवा मनिष यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!