अपन दैनिक संवाददाता, सिरहा । सिरहा कारगारमा रहेका कैदीबन्दीलाई कम्बल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिरहाले उपलब्ध गराएका २५ थान कम्बल सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कैदीबन्दीलाई हस्तान्तरण गरेका हुन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कारागारमा रहेका कैदीबन्दीले आफ्नो व्यवहारमा सुधार गरेमा उनीहरुका लागि राहतका कार्यक्रम ल्याउन आफुहरु तयार हुने बताए । 
सिरहा कारागारमा ४ सय ९९ कैदीबन्दीहरु रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या हुने गरेको छ । यसै गरी चिसोबाट बच्नका लागि कैदीबन्दीलाई कम्बल वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!