काठमाण्डौ – राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गर्नुभएको छ । राष्ट्रपति कार्यालयले शीतल निवासमा रोपाइँ कार्यक्रम गरेको हो ।

कार्यक्रममा राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँमा सहभागी राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन आफू प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभएको छ ।

‘पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय