काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरे सरकारी सुविधा लिन मिल्छ मिल्दैन भन्ने प्रश्न गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’

उनले पूर्वराष्ट्रपति भने पनि नाम लिएनन् । सांसद खतिवडाले पार्टी सदस्यता नवीकरण गरे के गर्ने भन्ने बारे राज्यले सोचेको छ कि छैन भन्नेबारे प्रश्न गरे ।

‘राज्यले त्यो (पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण) बारे के सोचेको छ, संविधानमा के छ, सरकारले त्यसको जवाफ देओस्’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय