वातावरणमा तीव्र रुपमा कार्वनकोे उत्र्सजनले व्यापक रुपमा प्रभाव पारिरहेको छ । विश्व औद्यौगीकरणले गर्दा कार्वन उत्र्सजन हुने र त्यसको असर जलवायु परिवर्तनसँग प्रत्यक्ष गाँसिन पुगेको छ ।
जलवायु परिवर्तनका निम्ति विश्वमा अनेक सभा सम्मेलनहरुको आयोजना भएको छ । र अहिले पनि हुँदैछ । तर नेपालमा जलवायु परिवर्तनको असर सहजै देख्न सकिन्छ । वाढी, सुख्खा, कुहिरो जस्ता समस्या आम भएको छ । जसको मूल कारण जलवायुमा देखिएको बदलाव नै हो ।
बढ्दो जलवायु परिवर्तनलाई दृष्टिगत गरी रुख विरुवा रोप्ने अभियान पनि सुरु नभएको होईन् । जलवायु परिर्वतन रोक्न विभिन्न अभियान, अभियानी, प्रदेश सरकारले वृक्ष रोप्ने अभियान सुरु गरेको छ । यी सवमध्ये एक अभियानी नेपाल सरकारको निजामती कर्मचारी सुरेश प्रसाद शर्मा पनि हुन् । बदली भैरहेको परिवेशलाई आत्मसाथ गरेका उनी प्रदेश २ का विभिन्न जिल्लामा वृक्ष रोप्ने कार्यक्रमलाई तिव्रता दिनेगरी अगाडी वढ्ेका छन् । यस क्रममा पोखरी, सेभ द हिस्टोरिकल जनकपुर जस्ता अभियान अन्र्तगत पनि वृक्षारोपणमा जोड दिएपछि अहिले ‘वृक्ष मानव’ को संज्ञा पनि पाएका छन् । जलवायु अभियानमा वातावरणको संतुलन मिलाउन रुख विरुवाको संख्या वढाउनु जरुरी छ । त्यस क्रममा शर्माले देखाएको प्रयत्न तारिफयोग्य हो । शर्माजस्तै वृक्ष मावनको आवश्यकता अहिलेको परिवेशमा देखिएको छ ।
तीव्र रुपमा चुरे दोहन, नदीमा क्रसर उद्योगीहरुको कुदृष्टिका कारण भैरह्ने अवैध दोहनले गर्दा चुरे क्षेत्र संकटमा परेको छ । यस्तो अवस्थामा वृक्ष मानवहरुको आवश्यकता अत्यन्त वढी छ । प्रदेश २ का जिल्लामा हजारौं वृक्ष मानव अगाडी आउनु पर्छ र जलवायु परिवर्तनमा देखिएका जटिलता विरुद्ध हातेमाले गर्नुपर्छ ।