सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य कृष्ण मोहन चौधरीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको छ । उनी ३५ वर्षका थिए ।

सिराहाको सुखीपुर नगरपालिका– ८ स्थायी घर भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव रोयान्टर मण्डलले बताए ।

घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको मण्डलले बताए ।

धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा मृत्यु भएको हो ।

आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद मृत्यु भएको भन्दै परिवारजनले गुनासो गरेका छन् ।

prsमृतक चौधरीको शव शवबाहनमार्फत सुखीपुर ल्याउँदै गरेको र मंगलबार अपराह्न स्थानीय गागन नदीको किनारमा दाहसंस्कार गरिने जनाइएको छ ।

चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चौधरी पछिल्लो समय मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक र सलहेश तथा समाद एफएममा संवाददाता थिए ।

चौधरीका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!