जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका एक जना मन्त्रीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिए।

यस्तै, एमालेका एक सांसदले राज्यमन्त्रीको शपथ लिए। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह बिना विभागीय, माओवादी केन्द्रकै युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन र नेकपा एसबाट बेची लुंगेली बिना विभागीय मन्त्री बने।

एमालेकी शारदा देवी थापाले गृह, सञ्चार तथा कानुन राज्यमन्त्रीको रुपमा शपथ लिएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!