सिरहा । सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासको अभिव्यक्तिको विभिन्न संघसंस्था र मुस्लिम समुदायले विरोध गर्दै कारबाहीको माग गरेको छ ।

मुस्लिम इत्तेहाद संगठन नेपाल सिरहाले जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो । सामाजिक सञ्जालमा मुस्लिम धर्मका प्रवर्तक (दुत) पैगम्बर मोहम्मदसंग जोडिएर अनर्गल प्रचार गरेको भन्दै मुस्लिम इत्तेहाद संगठन नेपाल सिरहाले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । रमादान (रोजा)को अवसरमा सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै मुस्लिम समुदायमाथि अघात पु¥याउने र अनर्गल प्रचार गरेकोले ज्ञापन पत्रमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो । गत चैत २८ मा सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका निवर्तमान न्यायाधीश कमलनारायण दासले लेखेको कुराले मुस्लिम समुदायमाथि ठेस पुगेको मो शमसादले हस्ताक्षर गरी बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ ।

‘संविधानको भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको उल्लंघन भएको छ । प्रत्येक नेपालीले वर्तमान संविधानलाई हृदयले मानेको अवस्थामा कमलनारायण दास संविधानको खिलाफ जानुभएको छ,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘निजको समाचारले नेपाली समाजमा कलह र अशान्तिको वातावरण सृजना गरेको छ । त्यसकारण ठोस कदम चालियोस ।’

सामाजिक सञ्जालमा मुस्लिम समुदायका धर्म प्रवर्तक पैगम्बर मोहम्मदको चरित्र हत्या गर्नेलाई आवश्यक कारवाही गर्न गृहमन्त्रीसँग ज्ञापनपत्रमार्फत माग भएको
मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य माे• नइम राईन, मिना खातुन, सलिम राईन, माे सज्जाद सिद्दकी,अब्दुल खालिक सिद्दकी, मुस्लिम इत्तेहाद संगठन नेपाल सिरहा जिल्ला ईन्चार्ज समेत रहेका सिरहा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मो शमशाद आलमले बताए ।
ज्ञापनपत्र बुझ्दै सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले मुस्लिम इत्तेहाद संगठन नेपाललाई बुझाएको ज्ञापनप्रति प्रशासन गम्भीर रहेको बताए । ज्ञापनपत्र गृह मन्त्रालयमा पठाइएको र त्यहाँवाट आवश्यक निर्देशन सहित कार्यान्वयन हुने प्रजिअ दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!