सिरहा । पत्रकार विनय आजादमाथी आक्रमण गर्ने योजना बनाउने सिरहाका एक जना प्रहरी कर्मचारी कार्वाहीमा पर्दै प्रदेश प्रहरी कार्यालय तानिएको छ ।

सिरहा जिल्लामा तस्करलाई सेटिङ मिलाउन सघाउदै आएका प्रहरी नायब निरीक्षक (सई) अमित राय कारवाहीको क्रममा प्रदेश प्रहरी कार्यालय तानिएका हुन् । वडा प्रहरी कार्यालय सिरहा ‘ख’ का इन्चार्जका रूपमा कार्यरत रहेका रायलाई सोमबार मधेश प्रदेश प्रहरी कार्यालयले तानेको हो । सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरीले वर्षौदेखि राजस्व छली गरेको र राजस्व छलीका अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयमा पत्रकार विनय आजादले केही दिनअघि खोज रिपोर्टिङ गरेका थिए । सो रिपोर्टिङलाई लिएर तस्करलाई लाइन मिलाउने सहयोग गर्दै आएका सैइ रायले गत चैत ८ गते सिरहास्थित एक डेरीमा बसेर पत्रकार आजादमाथी आक्रमण गर्ने योजना बनाएका थिए । सो घटनालाई लिएर चौतर्फी विरोध भएको थियो । घटनाको गम्भिरतालाई ध्यानमा राख्दै नेपाल पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको कार्यसमितिले भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेको थियो । त्यस्तै संसदमा सांसदहरुले पनि आवाज उठेको थियो । त्यसपछि प्रदेश प्रहरी कार्यालयले सई रायलाई कारबाही स्वरुप प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानेको छ ।

सिरहामा आफूलाई डीआईजीको घुमुवा भनेर तस्करी धन्दाको नेतृत्व गरिरहेका राय अहिले प्रदेश तानिएपछि अन्यत्र सरुवा तथा कारवाही रोक्न शक्तिकेन्द्र चहार्न थालेको श्रोतको भनाइ रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले सई अमित रायलाई बचाउको लागि संचारकर्मीहरुलाई झुठो सूचना दिरहेका छन् । जबकी उनलाई प्रदेश प्रहरी कार्यालयले तानिकसकेका छन् ।

प्रदेश प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले उनलाई यस विषयमा सई रायलाई प्रदेश प्रहरी कार्यालयले बुझ्न बोलाइएको बताएका छन् । सई रायले तस्करहरुसँग मासिक रुपैया संकलन गरेर जिल्ल्ला प्रहरी लगायतका पदाधिकारीहरुलाई बुझाउने गरेको स्रोत बताउछन् ।
सई राय यो घटनामा मात्रै होईन् यसअघि पनि विभिन्न घटनामा संचारकर्मीहरुलाई तर्साउने गरेका थिए । तर यस घटनामा उनी पूर्ण रुपमा तानिएपछि मात्रै यो विषय बाहिरिएको हो । स्रोतका अनुसार सई रायलाई खटाएर जिल्लाका उच्चपदस्थ कर्मचारीहरुले महिनाबारी बुझ्ने गरेका थिए । सीमामा तस्करलाई सघाउन सशस्त्र प्रहरी मात्रै बदनाम भएपनि उनी सोही समूहमा रहेर काम गर्दै आएको उनी निकट प्रहरी कर्मचारीको भनाई छ ।

सशस्त्र प्रहरी सिरहा र उनको मिलोमतोमा सीमाबाट प्रतिबन्धित विभिन्न सामग्रीहरु दिनानुदिन तस्करी हुँदै आएको छ । केही महिनाअघि मात्रै सिरहामा करोडौं बराबरको भन्सार छलीको सामानहरु बरामद भएको थियो । सो सामग्रीहरु राय लगायतकै प्रहरीको मिलोमतोमा ओसारपोसार हुँदै आएको उनी निकट स्रोत बताउँछन् । जिल्ला प्रहरी कार्यालय सिरहाकै एकजना प्रहरी कर्मचारी भन्छन्, सर माथिकै मान्छेले गर्न भनेपछि अरुको के जान्छ र । अबैध सामग्रीको त कुरै न गरौ सो सँगै हातहतियार पनि यो अवधिमा ओसारपोसार भएको हुनसक्ने बुझिन्छ ।’ जसको फलस्वरुप आइतबार सिरहा विष्णुपुरका एकजना मनि टान्सफरका संचालकको १५ लाख भन्दा बढी रकम लुटियो । तर अहिलेसम्म लुटेराको हुन् भन्ने पत्ता सिरहा प्रहरीले लगाउन सकेका छैनन् ।

रायमात्रै होईन् जिल्लामा अन्य प्रहरी कर्मचारीहरु पनि यस कार्यमा संलग्न रहेको बुझिन्छ । तर सरोकारबाला निकाय गम्भिर नहुँदा जिल्ला समय समयमा विभिन्न किसिमका संवेदनसिल घटनाहरु घट्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!