सिरहा । पाँच वर्षभन्दा बढी नविकरण नगरी म्याद गुजार्नेहरुको हातहतियार जिल्ला प्रशासन कार्यालय सिरहाले जफत गर्ने भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले ५ वर्षभन्दा बढी नविकरण नगरेका व्यक्तिलाई हातहतियार ईजाजतपत्रसहित बुझाउन सूचना जारी गरेका हुन् । गृहमन्त्रालयको निर्देशन बमोजिम सूचना जारी गरेको उनले उल्लेख गरेका छन् ।

हातहतियार राख्ने इजाजत पत्र लिएका व्यक्ति/संस्थाहरुले नियमानुसार नविकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्ति/संस्थाले नविकरण गराएको अभिलेखमा नदेखिएको सूचनामा उल्लेख छ ।




