
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँले बढेपछि निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय ३६ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा तल्लो तह खरिदारको तलब २८ हजार ६ सय चार रुपैयाँ हुनेछ ।
अर्थमन्त्री विष्णु पौडेलले यसअघि अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७३–७४ मा पनि कर्मचारीको तलब वृद्धि गरेका थिए ।

पद | विद्यमान तलब | नयाँ आर्थिक वर्षदेखि |
मुख्य सचिव | ६५१३६ | ६७१३६ |
सचिव | ६०६७६ | ६२६७६ |
सहसचिव | ४७३७७ | ४९३७७ |
उपसचिव | ४०३८० | ४२३८० |
शाखा अधिकृत | ३५९९० | ३७९९० |
नायब सुब्बा (अतिरिक्त तलबमान) | ३०८१६ | ३२८१६ |
नायब सुब्बा | २८२०० | ३०२०० |
खरिदार (अतिरिक्त तलबमान) | २७५६४ | २९५६४ |
खरिदार | २६६०४ | २८६०४ |