कोकिला भण्डारी/धनकुटा
माघ २२ गते । नेकपा (माओवादी केन्द्र) को प्रस्तावित विधान मस्यौदा लगायतका विषयमा छलफल गर्न पार्टीको जिल्ला समन्वय समितिले छलफल तथा सुझाब संकलन कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताले पार्टीको केन्द्रिय कमिटी छरितो बनाउँन सुझाव दिएकाछन् ।
पार्टीको विधानमा केन्द्रीय समिति सदस्य संख्या २९९ हुने व्यवस्था रहेको भएता पनि यतिवेला केन्द्रीय समिति सदस्य चारसय भन्दा वढिको संख्यामा रहेको हुदाँ माओवादीको जम्बो केन्द्रीय कमिटी भएको भन्दै पार्टीभित्रै टिकाटिप्पणी भइरहेको छ ।

उक्त अवस्थालाई मध्यनजर गर्दै धनकुटाका नेता कार्यकर्ताले केन्द्रीय समिति सदस्य संख्या घटाउन छलफलमा सुझाव दिएकाछन् ।
केन्द्रीय कमिटी ठूलो र भद्दा हुँदा बैठक राख्न समस्या हुने, पार्टीका महत्वपूर्ण निर्णय स्थायी कमिटी र पदाधिकारी बैठकले गर्ने गरेकाले ठूलो कमिटीको अर्थ नहुने भन्दै घटाउन नेता कार्यकर्ताले सुझाव दिएकाछन् ।

उक्त छलफलमा सहभागि अधिकांशले केन्द्रीय समिति सदस्य संख्या एक सय भन्दा मुनी बनाउँन सुझाव दिएको माओवादी केन्द्रकी धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठले बताइन । उनका अनुसार विधानको मस्यौदामा केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउँन प्रस्ताव आएकोले हामीले पाँच समूहमा विभाजन गरेर विधान मस्यौदामाथि छलफल गर्यौ, अधिकांशले पार्टीको केन्द्रिय कमिटीको संख्या घटाएर दुई अंकमा झार्नुपर्ने सुझाव दिए । माओवादी कै अभियानबाट मुलुकमा परिवर्तन आएको र माओवादी एउटा ‘ब्राण्ड’ बनिसकेकाले नाम परिवर्तन गर्न नहुने लगायतका प्राप्त सुझावलाई लिपिबद्ध गरेर केन्द्रमा पठाइने माओवादी जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!