सिरहा । ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद भाग्यश्री चौधरी, सिरहा क्याम्पस स्ववियू सभापति दिपेन्द्र यादवलगायतका छन् ।
पक्राउ परेका जनमतका सबैलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । राजमार्ग अबरुद्ध पार्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।