धनुषा । नेपाली कांग्रेस मधेशले राष्ट्रियसभाको सदस्यको उम्मेदवारका लागि नेताहरुको नाम केन्द्रीय कार्यालयलाई पठाएको छ छ ।  पार्टी मधेस प्रदेश कार्यालय जनकपुरधाममा शनिबार बसेको प्रदेश कार्यसमिति बैठकले सात जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हो ।

कांग्रेस मधेस प्रदेशले पार्टीका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मंसुरको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । गत आम निर्वाचनमा ढुंगाना र मन्सुरको नाम प्रतिनिधिसभा समानुपातिक सूचीमा पनि थियो ।

समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनीहरु राष्ट्रियसभा सदस्य ताकिरेका छन् । यस्तै नेताहरु नागेन्द्र कुमार, राधेचन्द्र यादव, रामचन्द्र तिवारी, रजिन्द्रबहादुर अमात्य र हृदयनारायण यादव लगायतको नाम  सिफारिस गरेर पठाइएको प्रचार प्रसार प्रमुख नितेश गुप्ताले बताए ।

जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भइ दर्ता गराइएको नामावलीमाथि विचार गर्दै वरिष्ठता, समावेशिता, योग्यदानको मूल्याँकन गरी नाम सिफारिस गरे पठाइएको उनले बताए ।

शनिबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ ।

अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेपनि पटक पटक छुटेका व्यक्ति, समुदाय र भुगोललाई समेट्ने गरी प्राथमिकता दिने कांग्रेसको निर्णय छ । आगामी माघ ११ मा राष्ट्रियसभाका १९ सिटमा निर्वाचन हुँदैछ ।त्यसका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!