सिरहा । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको बताएकाछन् ।

६८औं प्रहरी दिवसको कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर डा यादवले जिल्लाको समग्र शान्ति सुरक्षा कायम राख्न सिरहा प्रहरी तदारुकताका साथ जुटेको बताएकाछन् । अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको भूमिका प्रसंशायोग्य रहेको भन्दै मेयर डा यादवले युवाहरुलाई लागूऔषधको दुरव्र्यसनवाट जोगाउन प्रहरीले राम्रो काम गरिरहेको बताएकाछन् । जिल्लाको शान्ति सुरक्षा कायम राख्न विशेष जोड दिई रह्न आग्रह गर्दै मेयर डा यादवले युवाहरुमा लागुऔषध सेवनको बढ्दो मोहलाई तोड्न सहकार्य गर्दै अगाडी बढ्न आफू प्रतिबद्धत रहेको बताएकाछन् । युवाहरु भोलिका भविष्य रहेकोले युवालाई लागूऔषधको दुरव्र्यसनवाट जोगाउँदै खेलकुद लगायतको सकारात्मक कृयाक्लापमा सहभागी गराउन आवश्यक रहेको बताएकाछन् ।

६८औं प्रहरी दिवसमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतले आफ्ना मनत्व्य राखेका थिए । दिवसको अवसरमा नेपाल प्रहरीका विभिन्न तहका प्रहरी कर्मचारीलाई पुरस्कृति गरिएको थियो । यस्तै कामको शिलशिलामा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति सम्मान प्रकट गर्दै सहिद स्तम्भमा माल्यापर्ण गरिएको थियो । त्यसैगरी प्रहरी दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितमा विजयी भएका विद्यार्थीहरुलाई पुरस्कृति गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बुले सिरहा प्रहरीको कामकारबाही लगायतका विषयमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, जिल्लाभरीका प्रहरी ईकाइका प्रमुख, संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!