साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

अपन दैनिक
श्रावण २६, २०७७ मा प्रकाशित
१६८ पटक पढिएको
साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका बिभिन्न कारणले मृत्यु भएका नेपाली कामदारहरुको रकम नेपाल पठाइएको छ । नेपाली दूतावास रियादले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न कम्पनीमा कार्यरत रहदा मृत्युवरण गरेका ६४ जना नेपालीहरुले काम गरेबापत पाउनु पर्ने १४ लाख ५४ हजार ६ सय ८९ साउदी रीयल नेपाल पठाएको जनाएको छ ।
दूतावासका अनुसार वैदेशिक रोजगारीका लागि साउदी अरब आई बिभिन्न स्थान र कम्पनीमा कार्यरत रहेको अबस्थामा मृत्यु भएका नेपाली नागरिकका कानूनी हकवालाले रकम प्राप्त गर्न सक्ने गरि मृतकहरुका समन्धित कम्पनीबाट उनिहरुले लिन बाँकी तलबभत्ता, सर्भिस बेनेफिट तथा ब्लडमनि नेपाल स्थित कन्सुलर सेवा बिभागमा पठाइको जनाएको छ ।
दुर्घटनामा  दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपाली नगरिकहरुको हक वालाको तर्फबाट साउदी अरबको बिभिन्न अदालतमा पुगी बहस पौरवी गर्दै आइरहेको जनाउदै दूतावासले बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण असामान्य परिस्थितिले गर्दा काम कार्वाही पुर्ण रुपमा सन्चालन हुन नसकेकोले, अबस्था समान्य बनेपछि स्थगन रहेका अन्य मुद्वाहरु नियमित गरिने बताएको छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित