सिरहा । सिरहा नगरपालिका १२ मा रहेको पौराणिक सारस्वरनाथ महादेव मन्दिर अगाडी पार्वती मन्दिर निर्माणमा जग्गा सम्वन्धी विवाद सल्टिएको छ ।

सारस्वरकै स्थानीय राम प्रकाश ठाकुरसँग जग्गा खरिद गरिएपनि पुर्व गाविस अध्यक्ष जिवछ गुप्ता नेतृत्वको टोलीले अवरोध सृजना गरेको थियो । पूर्व गाविस अध्यक्ष गुप्ताले जग्गाधनीको श्रीमतीसँग मिलिभगत गरी रजिष्ट्रेशन पास गर्न मालपोत कार्यालय सिरहामा केही समय अघि अवरोध सृजना गरेका थिए । त्यस क्रममा कुटपिटको अवस्था पनि सृजना भएको थियो ।

जग्गा विवाद विषयमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको अगुवाईमा जिल्ला अदालत सिरहा बार एशोसिनका पूर्व अध्यक्ष विरेन्द्र कुमार सिंह, वडा अध्यक्ष शिवशंकर झा लगायतको पहलमा समाधान भएको छ । यससँगै जग्गा रजिष्ट्रेशन पनि भएको छ । यो सँगै जग्गा विवादको रुप लिएको पावर्ती मन्दिरको विषय सल्टिएसँगै स्थानीय उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!