२०४६ साल भदौमा सिरहामा बसेको नेकपा एमालेको (तत्कालीन माले) चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेकै स्थानमा केन्द्रीय सचिवालय बैठक बस्दै छ । त्यसका लागि एमालेका १९ जना नेताहरू सिरहा पुगेका छन् ।

इतिहासलाई स्मरण र अग्रजलाई सम्मान गर्ने हेतुले एमालेले यस पटक सिरहाको सर्रे अम्वासमा सचिवालय बैठक राखेको उपमहासचिव विष्णु रिमालले बताए । ३४ वर्षअघि सोही स्थानमा भूमिगत रूपमा सम्पन्न चौथो महाधिवेशनले मदन भण्डारीलाई महासचिवमा निर्वाचित गरेको थियो । महाधिवेशनले भण्डारीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

जसमा पाँच जना पोलिटब्युरो सदस्य थिए भने १४ जना केन्द्रीय सदस्य थिए । जसमा चार जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसबेलाका २० केन्द्रीय सदस्यमध्ये माधव नेपाल र झलनाथ खनाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् भने मदन र जीवराज आश्रित दासढुंगा दुर्घटनामा निधन भैसकेका छन् ।

त्यस्तै राधाकृष्ण मैनाली हाल कुनै पार्टीमा छैनन् भने सिपी मैनाली नेकपा मालेका महासचिव छन् । मुकुन्द न्यौपाने र केदार न्यौपाने एकीकृत समाजवादीबाट पुन एमालेमै फर्किएका छन् । एमालेमै रहेका अर्का नेता मोदनाथ प्रश्रित एमालेको सक्रिय राजनीतिमा छैनन् । त्यस्तै त्यसवेलाका केन्द्रीय सदस्य अशोक राई हाल जसपाका नेता छन् । चौथो महाधिवेशनमा निर्वाचित २० नेता मध्ये निधन भएका र अन्य पार्टीमा गएका गरी ६ जना नेताबाहेक अरू सबै एमालेमै रहेका छन् ।

१. मदनकुमार भण्डारी महासचिव (निधन)

२. माधवकुमार नेपाल, पोलिटब्युरो (नेकपा एकीकृत समाजवादी)

३.जीवराज आश्रित,पोलिटब्युरो (निधन)

४. झलनाथ खनाल,पोलिटब्युरो (हाल नेकपा एकीकृत समाजवादी)

५. अमृत बोहरा -पोलिटब्युरो

६.चन्द्रप्रकाश मैनाली -पोलिटब्युरो (माले)

७. मुकुन्द न्यौपाने -केन्द्रीय सदस्य

८. प्रदीप नेपाल -केन्द्रीय सदस्य

९. ईश्वर पोखरेल -केन्द्रीय सदस्य

१०. वामदेव गौतम -केन्द्रीय सदस्य

११. मोदनाथ प्रश्रित -केन्द्रीय सदस्य

१२. खड्गप्रसाद ओली -केन्द्रीय सदस्य

१३. अशोक राई -केन्द्रीय सदस्य (हाल जसपा)

१४. युवराज ज्ञवाली -केन्द्रीय सदस्य

१५. त्रिलोचन ढकाल -केन्द्रीय सदस्य

१६. राधाकृष्ण मैनाली -केन्द्रीय सदस्य

१७. केदार न्यौपाने -केन्द्रीय सदस्य

१८. केशव बडाल -केन्द्रीय सदस्य

१९. युवराज कार्की -केन्द्रीय सदस्य

२०. गोपाल शाक्य -केन्द्रीय सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!