मैले केही दिनदेखि समाजिक संजाल नियालीहरेको छु । केही पत्रकार तथा भाईबन्दुहरु समाजिक संजाल मार्फत आफ्नो मनको बह पोखिरहेका छन् । आफ्नै सेवा र सहयोगी हात र मनमाथि प्रश्न खडा गरिरहेका छन् । प्रश्न गर्नुपर्ने अरुलाई हो तर उनीहरु आफैतिर प्रश्न खडा गरिरहेका छन् । यो एकपक्षबाट हेर्दा सही लाग्छ । अर्कोपक्षबाट सोच्दा ग्लानी महसुस हुन्छ । किनभने सहयोग भनेको सहयोग हो । सेवा भनेको सेवा हो । चाहे त्यो सहयोग र सेवा सानो होस् वा ठूलो । व्यक्तिगत होस् वा सामूहिक । तपाईले गरेको सहयोगले पीडितले जस पाउँदैन् । उसको मन खुशी हुँदैन । उनले राहतको महसुस गर्दैन । झन अपमान र आहतको महसुस गर्छन् भने त्यसको ओचित्य रहँदैन । तपाईले गरेको सेवा र सहयोगको अर्थ रहँदैन । त्यस्तो हुन्छ भने बरु सहयोग र सेवाको हात अगाडि नबढाएकै राम्रो । किनभने तपाईले गरेको सेवा र सहयोग व्यर्थ हुन्छ । बरु यसको साटो तपाईले आफ्नै जीवनलाई सुन्दर बनाउनेमा समय खर्चिनुस्, समर्पित हुनुस् । यसले कमसेकम तपाईको घर परिवार थोरै भएपनि खुशी, सुखी र समृद्धको महसुस गर्छन् ।
यतिका कुरा पंक्तिकारले लेखी रहँदा तपाईलाई अन्यौल सृजना भएको होला । यो के लेख्दैछ ? कसको कुरा लेख्दैछ ? किन लेख्दैछ ? कहिले यस्तो कुरामा कलम नचलाउने मान्छे किन आज गोसिदैछन् ? तपाईको मनमा प्रश्न जन्मिनु, कोतुहल्ता पैदा हुनु, स्वाभाविक हो । स्वभाविकतालाई कसैले नकार्न सकिदैन । तर, हामी सचेत मान्छेहरू स्वभाविकतालाई अस्वभाविक बुझ्यौ भने पनि सुहाउँदैन । किनभने हामी सचेत मान्छे हौं । समाजका विशेष मान्छे हौं । सचेत मान्छे हौं ।
अबको प्रवेश गरौं विषय प्रसंगमा । केही महिना अगाडि लहानका एक जुझारु पत्रकार, समाजसेवी, साहित्यकार वा शिक्षक जेभन्नुस्, जीवछ यादव उदासीजीको धर्मपत्नीको ब्रेन हेमोरेज भयो । तत्काल उपचारका लागि बाहिर लानुभयो । मध्यम आर्थिक अवस्थाको कारण उपचारमा सकस पैदा भयो । केही स्थानीय पत्रकार, समाजसेवी तथा बुद्धिजी साथीहरूले उहाँलाई आर्थिक सहयोगको खाँचो परेको विषय समाजिक संजालमा सार्वजनिक गर्दै सहयोगमा जुट्नु भयो । उहाँहरुको निरन्तर प्रयास, मेहनत र चिन्ताले सहयोगी हात र मनहरु जुट्दै गयो । देश, विदेश तथा सबै स्तरका मानिसहरुले उहाँलाई आर्थिक र भौतिक रुपमा सकेको सहयोग गर्नुभयो । मनोबल बढाउनु भयो । सुस्वास्थ्यलाभको कामना गर्नुभयो । जे होस् राम्रै भयो । उदासीजीले जीवनमा कल्पना गर्न नसक्नेगरी सहयोग र सदभाव प्राप्त गर्नुभयो । उहाँलाई नस्मस्तक हुनेगरी ।
सायद चौतर्फीरुपमा यतिका साथ, सहयोग र सदभाव नभेटेकोभए उहाँको श्रीमतीले नयाँ जीवन पाउन सकिन्थ्यो कि सकिदैन्थ्यो भन्न सकिन मैले । किनभने हाम्रो देशमा एउटा सच्चा पत्रकार, शिक्षक र समाजसेवीको अवस्था र आर्थिक हैसियत कति हुन्छ सर्वविदितै छ । हाम्रो देशको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको अवस्था कस्तो छ त्यो पनि थाहै छ । हामी नजिकबाट हेरिरहेकाछौं, भोगिरहेका छौं । एकातिर सरकारी, अर्कोतिर निजी स्तरबाट समेत सर्वसाधारण नागरिक लुटिरहेका छन् । नागरिकका एउटा पनि आधारभूत समस्याको ग्यारेन्टी राज्यसँग छैन् । यतिका परिवर्तन यसकै लागि भएका थिए । अझै पनि सर्वसाधारण नागरिकका आधारभूत आवश्यकताकै लागि विभिन्न आन्दोलनहरु जारी छन् । कहिले र कसले समाधान गर्ने हो ? नागरिकको जीवन आशावादीतामै वितिरहेको छ ।
जीवछ उदासीजीले यो कुरा बुझ्न जरुरी छ कि मैले जीवनमा जेजति जनपक्षीय काम गरे । दलित गरिबहरुको पक्षमा डटेर लड्नुभयो । यसको प्रभाव र मूल्यांकन थियो उहाँको आपतकालीन सहयोग । कसैले दाया माया गरेर होइन । किनभने जीवछजीको नैतिकताको दायरा त्यो होइन । उनले जीवनमा गरेका सार्वजनिक योगदान र प्रभावकै प्रतिफल हो । उहाँको श्रीमतीजीको पनि कुनै समाजिक योगदान र प्रभावले होइन । दोस्रो कुरा साथी सहयोग र मनकारीहरुमा पनि त्यही प्रभाव परेको परिणाम थियो । नभए अरु २/४ वटा यस्तै अवस्थामा हात हालेर मूल्यांकन गर्न सकिन्छ । समाजतिर अरुको यस्तै जीवन भोगाइलाई नजिकबाट नियाल्न सकिन्छ । अहिले यस्ता कुराहरु समाजिक संजालमा धेरै भेटिन्छन् । सबैले त्यो स्तरको सहयोग पाउँदैन ।
केही दिनदेखि मैले समाजिक संजालमा जीवछजीको पक्ष र विपक्षमा बढी साहितिक तरिकाले आलोचना भइरहेको देखिरहेको छु । मैले यसलाई नकारात्मक तरिकाले लिएको छैन् । सकारात्मक तरिकाले नै लिएको छु । तर, मैथिलीमा एउटा भनाइ छ – खुवाईयो दियौ आ बोकराईयो दियौ । कतै न कतै जीवछजीमाथि त्यस्तै हुँदैछ कि जस्तो महसुस गरायो । हामी सहयोगी हात र मनहरुले यसरी समाजिक संजालमा पोख्न नैतिकता दिन्छ कि दिँदैन एकपटक छातिमा हात राखेर सोचौं । हामीले साथ सहयोग निस्वार्थपूर्वक गरेको हो कि स्वार्थपूर्वक ? जीवछजीसँग केही कुराको डिल भएको हो भने त मेरो भन्नु केही छैन् । तर, त्यसको पनि समाधान यसरी होइन । चित नबुझेको कुरा साथीहरूले आपसमा बसेर समाधान गर्ने हो । समाजिक संजालमा पोखेर होइन । यो त ठूलो अपमान हो । जो तपाई हाम्रो स्तरमा सुहाउँदैन । मधेसको पत्रकारिता तथा बौद्धिक क्षेत्रमा मैले सोचेभन्दा फरक महसुस गरिरहेको हुन्छु । कतै न कतै हाम्रो जीनमा नश्लीय शासकहरुले लादिदिएको अपमानको शब्दलाई सेवा त गरिरहेका छैनौं ? जस्तो महसुस हुन्छ ।
हामी व्यक्ति जीवछजीलाई सहयोग गरेको हो कि कुनै संस्था वा समाजलाई ? पहिला त यो कुरा बुझ्न जरुरी छ । संस्था वा समाजलाई गरेको हो भने सदुपयोग वा दुरुपयोग भएको कुरा खोज्ने, बुझ्ने र अनुसन्धान गर्ने दायित्व सबैको हुन्छ । यदि कुनै व्यक्तिलाई गरेको हो भने घाटा, नाफा, कमबेसी, उसको निजी कुरासँग जोडिन्छ जस्तो लाग्छ । यसमा कसैको हक, हिस्सा र दबाब लाग्ने कुरा हुँदैन । सार्वजनिक गर्ने न गर्ने कुरा उसको नैतिकतामा भरपर्छ । सहयोगी हात र मनकारीहरुलाई धन्यवाद दिने नदिन पनि उसको इच्छा शक्तिको कुरा हो जस्तो लाग्छ । तर, यसको नाममा एउटा आधारभूत मान्छेको कर्तव्य कसैले भुल्नु हुँदैन । त्योसँग अरुले पनि आफ्नो नैतिकतालाई कम्जोर पार्ने होइन । फेरि पनि भन्छु यदि यसमा कुनै बार्गेनिङ र योजनाबद्ध ढंगले सम्झौता भएको छैन् भने । हुन सक्छ उसले सार्वजनिक गर्ने मनसायमा थियो । सार्वजनिक गर्न नपाउँदै बेलैमा माथिको भनाइ जस्तै – खुवाएर बोकराउने काम भयो की ?
यसमा सबैको आफ्नै किसिमको तर्क हुन सक्छ । यो पंक्तिकारको पनि आफ्नै तर्क र विश्लेषण हो । कसैको प्रभावमा परेको होइन । जीवछजीसँग मेरो सन्तुलन सम्बन्ध छ । न हाई न लो छ । म आफ्नो मानवीय धर्मको पक्षमा छु । सत्यको सेवा गर्नैपर्छ जस्तो लाग्छ । बरु यतिबेला म सम्झन्छु, कोरोनाकालमा नगरपालिकाले गुणस्तरहीन चामल बाँडेको थियो । हाम्रो टोलमा एकजना पत्रकार साथिले मलाई साथमा लिएर गाउँ घुम्नुभएको थियो । त्यसबखत लिएको तस्बिर पत्रपत्रिकामा भाइरल भएको थियो । गाउँको मान्छे पत्रकारलाई चिन्ने कुरा भएन । मलाई नै चिन्ने हो । सोझासिधा जनताले मेरो नाम भनिदिए । जीवछजीले उनीहरुसँग मेरो विरुद्ध थप भिडियो बनाएर समाजिक संजालमा सार्वजनिक गर्नुभएको थियो । यतिसम्म कि जातीयताकै छुद्र कुरा गरेको थियो । र, उहाँले आफ्नो नुनको सोझो गर्नुभएको थियो । यहाँ फेरि मैले पनि माथिको भनाइ जस्तै – खुवाएर बोकराएको होइन । अनावश्यक अर्थ लाग्न सक्छ । तर, मैले फेरि पनि भन्छु हामी विशेष मान्छे हौ । हाम्रो बुझाई र व्यवहार विशेष छ । विशेष खालको हुनुपर्छ । म त्योभन्दा माथि उठेर यो कुरा सार्वजनिक गरेको हो । कुनै नालायक बदलाको भावनाले होइन । मेरो ठाउँमा त्यतिबेला तपाईहरु जस्तै अरु कोही भईदिएकोभए जीवछजीसँगको सम्बन्ध उहीले आजको समाजिक संजालमा जस्तै हुन्थ्यो । अन्त्यमा पीडामा रहेका जीवछजीको धर्मपत्नी मन्दिरालाई स्वास्थ्यलाभको कामना सहित सबैलाई चेतना भया । सेवा नै धर्म ।