गागन खोला किनारको झाडिमा शव फेला परेकोले हत्या गरि फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान

सिरहाको गोलबजारमा एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।


गागन खोला किनारको झाडिमा भेटिएको करिव २५ वर्षीय युवकको हत्या गरि फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकोले हत्या भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) रविन्द्र राज पाण्डेले भने, ‘अन्यत्र कतै हत्या गरि शव झाडीमा फालिएको हो कि भन्ने शंका छ । यद्यपी, घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय