सिरहा, २७ चैत । सदरमुकाम सिरहामा आज (सोमवार) लघुवित्त संस्थाहरुको ज्यादती विरुद्धमा प्रर्दशन गरिएको छ । लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्धमा विरोध प्रर्दशन तथा धर्ना कार्यक्रम अन्र्तगत सिरहा सदरमुकाममा प्रर्दशन गरिएको हो ।
विभिन्न माग राख्दै बालबालिका सहित सदरमुकाममा प्रर्दशन गरिएको हो । प्रर्दशनमा सहभागी महिलाहरुले प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् । लघुवित्तद्वारा लगाईएको सामुहिक ऋण मिनहा गर, लघुवित्त संस्थाहरुको ज्यादती बन्द गर, महिला कुटपिट गर्न पाईदैन लगायतका नारा लगाउँदै प्रर्दशन गरेका छन् । लघुवित्त संस्था विरुद्धको संघर्ष समितिको नेतृत्वमा प्रर्दशन र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय