सिरहा । सिरहा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । चौथौं साधारण सभावाट नयाँ नेतृत्व चयन गर्ने प्रकृया टुंगो लागेको थियो ।
नयाँ नेतृत्वको निम्ति दुई वटा प्यानलवाट उम्मेदवारी दर्ता गराएका छन् । दुई वटा प्यानलवाट ३० जना उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विरेन्द्र कुमार सिंहले बताएका छन् । निर्वाचनको सम्पूर्ण तयारी भईसकेको र शान्तिपूर्ण मतदान हुने अपेक्षा आफूहरुको रहेको उनले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत सिंह अनुसार १ हजार २९८ मतदाता रहेको र विहान ८ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम तय भएको बताएका छन् । सिरहा नगरपालिकाका २२ वटै वडा, औरही गाउँपालिका, अर्नामा गाउँपालिका, विष्णुपुर गाउँपालिका र कल्याणपुर गाउँपालिकाका व्यवसायी/व्यापारीहरु मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुई वटा प्यानलवाट चुनावी प्रतिस्धर्पामा सहभागी भएकोमा एउटा प्यानलको नेतृत्व व्यवसायी महेन्द्र प्रसाद यादव र अर्को प्यानलको नेतृत्व अमरनाथ साहले गरेका छन् ।



