काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ ।

बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ । बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो । त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएकाे भन्दै बाेर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेकाे थियो ।

‘अहिले नै हतारिएर गल्ती हुन सक्छ,त्यही भएर कुनै गल्ती नदोहोरियाेस् भनी हामी प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्ता नतिजा प्रकाशित गर्छौ’‚ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन् । यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय